Kalyan Shresthaकाठमाडौ। पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ इन्टरनेसनल कमिसन अफ जुरिस्ट्स (आईसीजे) को आयुक्तमा नियुक्त भएका छन्।

अन्तर्राष्ट्रिय मानव अधिकारसम्बन्धी गैरसरकारी संस्था आईसीजेमा विभिन्न मुलुकका ६० जना हुन्छन् । त्यसमा पूर्वन्यायाधीश, अधिवक्ता र कानुन विज्ञहरू सामेल हुन्छन्।

सन् १९५२ मा स्थापना भएको उक्त संस्थाको हेडक्वाटर स्विट्जरल्यान्डको जेनेभामा छ। आईसीजेमा ७० भन्दा बढी देशको सदस्यता छ। श्रेष्ठको कार्यकाल ५ वर्षको छ।
प्रकाशन मिति–२०७३ साल माघ १ गते शनिवार ।