काठमाडौं। ललितपुरस्थित महालक्ष्मी नगरपालिका वडा नंबर २ लुभूमार्गस्थित नेपाल आर्य समाज ललितपुरमा बहुउपयोगी आयुर्वेदिक औषधि गुर्जो वितरण कार्यक्रम सम्पन्न गरेको छ। नेपाल आर्य समाज पूर्वाञ्चलका पूर्व महामन्त्री नारायण लिंखा देवानको कार्यक्रम संयोजनमा कमलवहादुर राजलवटको सौजन्यवाट प्राप्त गुर्जोको बेर्ना निःशुल्क वितरण गरिएको हो।

कार्यक्रममा नेपाल आर्य समाज ललितपुरका अध्यक्ष लोकचन्द्र अमात्य आर्य (युनाइटेड मिशन अन्तर्राष्ट्रिय संस्था) का पूर्व वरिष्ठ प्रशासक, सामाजिक तथा धार्मिक अभियन्तालाई नेपाल आर्य समाज विराटनगर गुरुकुलका पूर्व महामन्त्री, धार्मिक तथा सामाजिक अभियन्ता तथा मानव अधिकारकर्मी र नामी साप्ताहिकका ललितपुर जिल्ला सम्पादक नारायण लिंखा देवानद्वारा गुर्जो निःशुल्क गुर्जोको बेर्ना वितरण गरिएको थियो।

कोरोनाको वर्तमान महामारीमा गुर्जो बहुउपयोगी प्राकृतिक औषधिको बन्न सफल भएको छ। गुर्जोको सेवनवाट रोग प्रतिरोधात्मक क्षमताको विकास हुने मात्र नभइकन यसवाट रुघा–खोकी, सुगर, प्रेसर लगायतका रोगलाई प्राकृतिक रुपमा निर्मूल गर्न सहयोग गर्ने गरेको छ। जसको कारण गुर्जोको महत्व र आवश्यकताको व्यापक बृद्धि भैरहेको छ।


प्रकाशन मिति–२०७७ साल मंसीर ६ गते शनिवार ।