Gyanendra Shahकाठमाडौ। नेपालका पूर्व राजा ज्ञानेन्द्र शाहले विजयादशमीको उपलक्ष्यमा देशभित्र र देशबाहिर रहेका सबै नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र सफलताका लागि शुभकामना व्यक्त गरेका छन्।

आज एक शुभकामना सन्देश दिँदै शाहले मौलिक नेपाली संस्कृति, परम्परा र नैतिक मूल्य मान्यता स्थापित गर्दै जाने तथा आयातित संस्कृति र धर्मलाई निरुत्साहित गर्नुपर्ने भनेका छन् ।

शाहले नवदुर्गा भवानीले सबैको रक्षा गरुन्, नेपालीबीचको आपसी प्रेम, सद्भाव र सम्मानको पूनर्जागरण होस् भन्ने कामना गरेका छन्।
प्रकाशन मिति–२०७४ साल असोज १४ गते शनिवार । विजया दशमी ।