काठमाडौ। हामी प्राय नेपालीहरु जन्म दिन मनाउने क्रममा अंग्रेजी भाषाको ह्यापी बर्थ डे टु भन्ने गीतकै भाकामा नै रमाइरहेका छौ। आफ्नै भाषामा अझ कतिपय जनजाति तथा आदिवासीहरुले मातृभाषामा नै जन्मदिन मनाउने क्रममा गीत गुन–गुनाउन आवश्यक छ।

Mr.Suraj Bir Bajracharya-Multi Talented Singer of Nepal

यसलाई परिचालित गर्न र मातृभाषामा जन्मदिनको गीत गाउन सवैलाई प्रेरित गर्ने कार्यको शुभारम्भ गर्नका लागि नेपालभाषामा पहिलो पल्ट जन्म दिनको गीत प्रतियोगिता हुन गैरहेको छ। पेजथ्री नेपालभाषा पाक्षिक पत्रिकाको आयोजनामा जन्म दिनको गीत प्रतियोगिता हुन गैरहेको हो।

Press Meet of Birthday Song Competion. Photo By-Sharan Buddha

बुदिंया भिन्तुना कभर सङ कम्पिटिसन नाम दिएर प्रतियोगिता गरिन लागेको आयोजक पेजथ्री नेपालभाषा पाक्षिकका प्रकाशक तथा सम्पादक दर्शनवीर शाक्यले भनेका छन्। बहुप्रतिभाशाली व्यक्तित्व सुरजवीर बज्राचार्यले आफ्नी जीवन संगीनी रमा बज्राचार्यको जन्मदिनको अवसरमा मंगलधुन लयमा गाएको बुदिंया भिन्तुना बोलको कभर गीतमा नै जन्म दिन गीत कम्टिसिन हुन लागेको हो।

Mr.Darsan Bir Shakya, Mr.Jugal Dangol & Mr.Suresh Bajra. Photo By-Bijay Ratna Tuladhar.

चेज टेलिभिजनको प्रायोजनमा हुन गैरहेको उक्त बृहत जन्म दिनको गीत प्रतियोगितामा सुरजवीर बज्राचार्यले गायन तथा गीत अनि जुगल डंगोलको संगीत संयोजन रहेको बुदिंया भिन्तुना बोलको कभर गीतमा नै प्रतियोगीहरुले गीत गाएको भिडियो रेकर्ड सहित आधिकारिक फेसबुकमा पोष्ट गरेर पठाउनु पर्ने भनिएको छ।

Vetran Journalist Group in Press Meet. Photo By-Sharan Buddha

प्रतियोगितामा उत्कृष्ट गीत पठाउने प्रतियोगी एकलाई सुरजवीर बज्राचार्यको शव्द तथा जुगल डंगोलको संगीतमा गीत रेकर्ड गर्न दिने अवसर तथा गीति–एल्वम निकाल्ने मौका र चेज टेलिभिजन पुरस्कार प्रदान गरिने आयोजकले बताएको छ। त्यसको लागि फेसवुक सर्चरमा गएर सर्च गरेर Budinya Bhintuna Mye Kasa मा कभर सङको भिडियो रेकर्ड पोष्ट गर्न सकिने भनिएको छ।
प्रकाशन मिति–२०७४ साल पुष १ गते शनिवार ।