Mr. Swatantra Sansar Maharjan (Executive Director of Aims Entertainment) addressed in progm
Mr. Swatantra Sansar Maharjan (Executive Director of Aims Entertainment) addressed in progm

काठमाडौ। तीन बर्षमा एकपल्ट हुंदैआएको नेपालभाषाको अत्यन्त महत्व बोकेको पेज थ्री पिपुल्स च्वाइस अवार्ड जित्ने कलाकार तथा प्राविधिकहरुलाई बधाई तथा शुभकामना सम्मान गरिएको छ। एम्स इन्टरटेन्टमेन्टले उक्त सम्मान प्रदान गरिएको हो।

Vetran Actress M/s Bhintuna Joshi
Vetran Actress M/s Bhintuna Joshi

ललितपुरको बागडोल स्थित बेखा पार्टी भेन्यूमा आयोजित कार्यक्रममा पेज थ्री अवार्डवाट सम्मानित दुई निर्देशक पवन जोशी तथा सुरेन्द्र तुलाधर लगायत टाइटल अवार्ड पाउने भिन्तुना जोशी, सुरज व्यञ्जनकार, रुपेन्द्र श्रेष्ठ, आर्यम नकर्मी, भुवन श्रेष्ठ, सुरेश खड्गी, बालकृष्ण बंशी लगायत दर्जनौ कलाकार तथा प्राविधिकहरुलाई सम्मान गर्ने कार्य आयोजक एम्स इन्टरटेन्टमेन्टवाट भएको छ।

Shyam Smrit awarded Special Journalism Award. Award give hand over by Fist Nepal Bhasha Journalist Bijay Ratna Asabare.
Special Journalism Award for Shyam Smrit. Award give hand over to Mr. Smrit by Fist Nepal Bhasha Vetran Film Journalist Bijay Ratna Asabare.

सोही समारोहमा पत्रकारिताको माध्यमवाट नेपालभाषाको कला क्षेत्रमा विशेष योगदान दिएवापत भिजन संसारका समाचार सम्पादक श्याम स्मृतलाई विशेष पत्रकारिता सम्मान दिइएको छ। नेपालभाषाका प्रथम चलचित्र पत्रकार विजयरत्न असंबरेले पत्रकार श्याम स्मृतलाई दोसल्ला ओढाएर सम्मान प्रदान गरेका थिए। आयोजक एम्स इन्टरटेन्टमेन्टका कार्यकारी निर्देशक स्वतन्त्र संसार महर्जनले सम्मान पत्र दिएर पत्रकार स्मृतलाई सम्मान गरेका थिए।

Mr. Swatantra Sansar Maharjan ( Executive Director of Aims Entertainment Pvt.Ltd.) give hand over Appricieated Certificate to Mr.Shyam Smrit.
Mr. Swatantra Sansar Maharjan ( Executive Director of Aims Entertainment Pvt.Ltd.) give hand over Appricieated Certificate to Mr.Shyam Smrit.

कार्यक्रममा सम्मानित पत्रकार स्मृतले सम्मानले नेपालभाषाका कला क्षेत्रको उत्थान गर्न अझ कटिबद्ध भएर लाग्न अत्यन्त प्रेरणा मिलेको बताएका छन्। कार्यक्रमको प्रमुख अतिथि नेपालभाषाका प्रथम चलचित्र पत्रकार विजयरत्न असंबरेले नेपालभाषाको कला क्षेत्रमा पेज थ्री अवार्डले नेपालभाषाका कलाकारहरुले उत्प्रेरणा दिदैआएको र यो अवार्ड तीन बर्षमा एकपल्ट नभइकन हरेक बर्ष गर्नुपर्ने कुरामा जोड दिएका छन्।

Smrit Award 5पेज थ्री अवार्डका आयोजक दर्शनवीर शाक्यले पेज थ्री अवार्डले पाउंदैआएको महत्वले आफूहरु निक्कै उत्साहित बनेको बताएका छन्। आयोजक एम्स इन्टरटेन्टमेन्टका कार्यकारी निर्देशक स्वतन्त्र संसार महर्जनले कुनैपनि नेपालभाषाको अवार्ड जित्ने कलाकार तथा प्राविधिक अनि नेपालभाषामा योगदान दिने पत्रकारलाई सम्मान दिने परम्परा एम्सको गौरबमय लक्ष्य तथा उदेश्य भएको भनेका छन्। अझ एम्सले आगामी दिनहरुमा अझ गौरबमय कार्य गर्दैजाने आफूहरुले लक्ष्य राखेको कार्यकारी निर्देशक महर्जनले बताएका छन्।

Smrit Award 7कार्यक्रममा निर्देशक सुरेन्द्र तुलाधरले पेज थ्री अवार्ड वितरण कार्यपछि विजेता कलाकार तथा प्राविधिकहरुले आयोजक तथा भोटिङ्ग गर्नेहरुलाई नेपाली तथा अंग्रेजी भाषामा सामाजिक सञ्जाल मार्फत धन्यवाद दिदा अनावश्यक विवाद उठाउने राजेन्द्र मानन्धरले सार्वजनिक रुपमा जवाफ दिनुपर्ने माग राखेका छन्।

Vetran Director Mr. Surendra Tuladhar.
Vetran Director Mr. Surendra Tuladhar.

राजेन्द्र मानन्धर नामक एक व्यक्तिले त्यसप्रकारको अभिव्यक्ति फेसबुक मार्फत उछालेर विजेता सवै कलाकार तथा प्राविधिकहरुलाई इंगित गर्दै नेवार भाषामा अभिनय गर्ने, नेवारभाषाको चलचित्र खेल्ने र नेवारभाषीले भोटिङ्गवाट अवार्ड जित्ने कलाकार तथा प्राविधिकहरुले नेवारभाषावाट धन्यवाद नभनिकन नेपाली तथा अंग्रेजी भाषामा धन्यवाद दिनु भनेको आफैले खाएको थालमा आफैले हग्नु बराबर भएको भनेर आक्षेप लगाएका थिए।

Actor Mr. Suraj Byanjankar.
Actor Mr. Suraj Byanjankar.

त्यसको प्रतिवाद गर्ने कार्य निर्देशक सुरेन्द्र तुलाधर लगायत सवै कलाकारवाट भएको छ। उत्कृष्ट नायकको अवार्ड पाउने सुरज व्यञ्जनकारले आफूहरुलाई नेवारभाषीले मात्र नभइकन नेपाली सवै भाषा बोल्नेहरुले भोटिङ्ग गरेको छ, उहाँहरुलाई मैले नेपाली तथा अंग्रेजीमा धन्यवाद दिदा गल्ती नभएको र दोष लगाउने राजेन्द्र मानन्धरको सोच नै गलत भएको जिकिर गरेका छन्।

Actor Mr. Rupendra Shrestha
Actor Mr. Rupendra Shrestha

अर्का विजेता नायक रुपेन्द्र श्रेष्ठले पनि सामाजिक सञ्जाल फेसबुकमा पेज थ्री अवार्ड जित्ने तथा सम्मानित कलाकार–प्राविधिकहरुलाई अनावश्यक रुपमा विवादमा ल्याउने राजेन्द्र मानन्धर दोषी रहेको र उनले सार्वजनिक रुपमा माफी माग्नु आवश्यक रहेको जिकिर गरेका छन्।

Vetran Artist & Director Mr. Pawan Joshi
Vetran Artist & Director Mr. Pawan Joshi

निर्देशक पवन जोशीले पनि यसप्रकारको अनावश्यक विवाद ल्याउनेको कारण कलाकारको एकतामा भाँजो ल्याउने षडयन्त्र भएको प्रतिक्रिया दिएका छन्। त्यसरी विवाद ल्याउनेलाई सचेत गराउन आवश्यक भएको कुरामा निर्देशक जोशीले पनि जोड दिएका छन्।

Vetran Dance Director Mr. Bhuwan Shrestha
Vetran Dance Director Mr. Bhuwan Shrestha

प्रकाशन मिति–२०७४ साल असोज ११ गते बुधवार ।