काठमाडौं। नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर दुई रुपैयाँका दरले घटाएको छ। सोमबार मध्यराति १२ बजेदेखि लागू हुनेगरी प्रतिलिटर दुई–दुई रुपैयाँका दरले मूल्य घटाइएको हो।

नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकाभित्र पेट्रोल प्रतिलिटर १ सय १२ तथा डिजेल र मट्टितेल प्रतिलिटर ९९ रुपैयाँ पर्नेछ। झापा, विराटनगर, महेन्द्रनगर, वीरगन्ज, अमलेखगन्ज, भलबारी, नेपालगन्ज र धनगढीमा भने पेट्रोल प्रतिलिटर १ सय १० रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टितेलको मूल्य ९७ रुपैयाँ ५० पैसा पर्ने जनाइएको छ।

दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ११ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ भने डिजेल र मट्टितेलको मूल्य ९८ रुपैयाँ ५० पैसा तोकिएको छ। खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् रहेको छ ।

प्रकाशन मिति–२०७५ साल मंसीर १८ गते मंगलवार ।