काठमाडौ। नेपाल आयल निगमले पेट्रोलको मूल्य समायोजन गरेको छ। आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य समायोजन भएको हो।

नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोहितले पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ घटेको बताएका छन्। यसअघि १ सय ४ रुपैयाँमा प्रतिलिटर रहेको पेट्रोल अब १ सय ३ रुपैयाँमा झरेको छ।

निगमले डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको मूल्यमा कुनै परिवर्तन गरेको छैन्।
प्रकाशन मिति–२०७४ साल फागुन २० गते आइतवार ।