काठमाडौ। नेपालमा नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदा घाटा चुलिंदै गएको भन्दै निगमले स्थानीय बजारमा पनि मूल्य वृद्धि गरेको हो।

पेट्रोलमा लिटरको १ रुपैयाँ, डिजेल र मट्टीतेलमा लिटरको ३ रुपैयाँ तथा एलपी ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ मूल्य बढाइएको निगमले जनाएको छ। मूल्य वृद्धि भएसँगै अब पेट्रोल लिटरको १ सय १२ रुपैयाँ, डिजेल र मट्टीतेल ९८ रुपैयाँ तथा खाना पकाउने ग्यासको मूल्य १४ सय रुपैयाँ पुगेको छ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बृद्धि भएको तथा अमेरिकी डलरको तुलनामा नेपाल र भारतीय रुपैयाँको अवमूल्यन भएकाले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गर्नु परेको निगमका प्रवक्ता वीरेन्द्र गोइतको भनाई रहेको छ।
प्रकाशन मिति–२०७५ साल भदौ २१ गते विहीवार ।