bipalab-maobadi

काठमाडौ। पुष ३ गते देखि नेपालमा पेट्रोलियम पद्धार्थमा गरिएको मूल्यबृद्धिको विरोधमा विप्लव नेतृत्वको नेकपा माओवादीले काठमाडौ उपत्यका बन्द घोषणा गरेको छ। सरकारले नेपाली जनताको भाँच्नेगरी पेट्रोलियम पदार्थमा मूल्यबृद्धि गरेको र उक्त मूल्यबृद्धि तत्काल फिर्ता लिन माग गर्दै विज्ञप्ति मार्फत विप्लव माओवादीले आन्दोलनको कार्यक्रम मंगलवार सार्वजनिक गरिएको छ।

आन्दोलनका कार्यक्रम अन्तर्गत विप्लव माओवादीले पुस ६ गते विहान ९ बजे देखि १० बजेसम्म चक्काजाम र पुस ७ गते उपत्यका बन्दको कार्यक्रम सार्वजानिक गरेको हो। माओवादीले अन्तराष्ट्रिय बजारमा भएको मूल्य वृद्धिको कारण भनिए पनि विगतमा लिइएको चर्को मूल्यको तुलनामा नेपालमा अझै पेट्रोलियम पदार्थको मुल्य घटाउनु पर्ने उल्लेख गरेको छ।

नेपाल आयल निगमले पुस ३ गते देखि लागु हुने गरि पेट्रोलियम पदार्थको मुल्य प्रति लिटर ४ रुपैँया पचास पैसाका दरले वृद्धि गरेको छ। एकैचोटी भारी मात्रामा मूल्य वृद्धि गर्नु पर्ने कुनै कारण नभएको भन्दै यसरी मूल्य वृद्धि गरिनु आयल निगमले गर्दै आएको घोटाला,राज्य संञ्चालकहरुले गर्दै आएको भ्रष्टचार र कालोबजारीलाई टेवा पुगेको माओवादीको तर्क छ।

biplov-maoistप्रकाशन मिति–२०७३ साल पुष ५ गते मंगलवार ।