काठमाडौ। गत पुष ३ गते नेपालमा समायोजनको नाममा पेट्रोलियम पद्धार्थमा बृद्धि गरेको मूल्य पुरानै कायम गर्न निर्देशन दिएको छ। नेपालको व्यवस्थापिका संसदको उद्योग बाणिज्य तथा उपभोक्ता हित संवन्ध समितिले नेपाल सरकारलाई उक्त निर्देशन दिएको हो।

Petrolबिहीबार समिति अन्तर्गतको उपभोक्ता उपसमिति बैठकले नेपाल आयल निगम र आपूर्ति मन्त्रालयलाई मूल्यवृद्धिको निर्णय स्थगन गर्न निर्देशन दिएको हो। निगमले आफैंले बनाएको कार्यबिधि विपरीत हुने गरी तेलको मूल्य समायोजन गरेको भन्दै समितिले तत्काल पुरानै मूल्य कायम हुने गरी घटाउन भनेको हो।

आयल निगमले पेट्रोल, डिजेल र मटितेल सबैमा चार रुपैयाँ ५० पैसा मूल्यवृद्धि गरेको थियो । अहिले पेट्रोलको मूल्य प्रतिलिटर १ सय १ रुपैयाँ ५० पैसा तथा डिजेल र मटितेल ७७ रुपैयाँ ५० पैसा पुगेको छ। अब समितिको निर्देशनअनुसार निगमले मूल्य घटाए फेरि पेट्रोलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ, डिजेल ७३ रुपैयाँ र मटितेल ७३ रुपैयाँ कायम हुनेछ।
प्रकाशन मिति–२०७३ साल पुष ७ गते विहीवार ।