Petrol-pump-1024x682काठमाडौ। नेपाल आयल निगमले सहज रुपमा हालसम्म इन्धन वितरण गर्न नसकेपनि इन्धनको मूल्य भने चार महिनापछि समायोजन गरेर घटाएको छ। सोमवार मध्यरातिवाट लागू हुनेगरी निगमले इन्धनको मूल्य घटाएको छ।

निगम संचालक समितिको सोमवार सांझ बसेको बैठकले पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घटाउने निर्णय गरेको छ। पेट्रोलमा नगद ५ रुपैया घटाएर रु. ९९ कायम गरेको छ। डिजेल र मट्टीतेलमा नगद ६ रुपैया घटाएर रु. ७५ कायम गरिएको छ। हवाई इन्धनको मूल्यमा ९८ रुपैया घटाएको छ। हवाई इन्धनको मूल्य २३२ बाट घटाएर १६४ कायम गरिएको छ।

एलपी ग्याँसको मूल्य भने यथावत कायम गरेको छ। अझैपनि एलपी ग्याँसमा २४२ रुपैया घाटा रहेको निगमले जनाएको छ।

प्रकाशन मिति–२०७२ साल माघ ४ गते सोमवार ।