Petrol

काठमाडौ। नेपालमा नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । गएराति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो। निगमले पेट्रोल, डिजेल र मट्टितेल प्रत्येकमा प्रतिलिटर ४ रुपैयाँ ५० पैसाका दरले भाउ बढाएको हो।

अब ९७ रुपैयाँको पेट्रोललाई १०१ रुपैयाँ ५० पैसा पर्ने छ भने डिजेल र मट्टितेल दुबैलाई प्रतिलिटर ७७ रुपैयाँ ५० पैसा तिर्नुपर्नेछ। खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने बढाइएको छैन। हाल ग्यास एक सिलिन्डरको १३ सय २५ रुपैयाँ रहेको छ। भारतीय आयल कर्पोरेशनले पठाएको नयाँ मूल्यसूचीअनुसार मूल्य समायोजन गर्दा मूल्य बढेको आयल निगमले जनाएको छ।

ओपेकले जनवरीदेखि कच्चा तेलको उत्पादन घटाउने निर्णय गरेपछि अन्तर्राष्ट्रिय बजारमा त्यसको असर देखिएको हो।

Petrol Hahakar 4प्रकाशन मिति–२०७३ साल पुष ४ गते सोमवार ।