Ashesh Malla 1काठमाडौ। रंगकर्मको अब्बल थियटर सर्वनाम स्थापनाको ३४ बर्ष पूरा भएर ३५ बर्ष लागेको छ। यस अवसरमा जेष्ठ महिनावाट सर्वनामले देशव्यापी १० मिनेट नाटक महोत्सव गर्ने भएको छ।

रंगकर्ममा क्षमता प्रदर्शन गर्न चाहनेहरुले यस महोत्सववाट लाभ लिन सक्ने सर्वनामका प्रणेता अग्रज रंगकर्मी अशेष मल्लले बताएका छन्। गत वर्षवाट शुरुभएको यसप्रकारको महोत्सववाट नाटक तथा रंगमंचप्रति रुचि भएरपनि अवसर नपाएका नयाँ पुस्तालाई समेट्ने सोचअनुरुप १० मिनेटको नाटक महोत्सव गरिदैआएको मल्लले बताएका छन्।

अनुभव र दक्षताको आधारमा नभइकन लगनशीलता तथा कल्पनाशिलताको आधारमा बढीमा १० मिनेटको नाटकले प्राथमिकता दिने सर्वनामले भनेको छ। समूहगत या एकल प्रस्तुति दिन सकिने महोत्सवमा सहभागीले नगद रु. १० दस्तुर बुझाएर सर्वनाम थियटरमा नाटक दर्ता गर्न सकिने जनाएको छ। जेठको दोश्रो सातावाट गरिने भनिएको नाटक महोत्सवमा सहभागी हुन जेठको पहिलो हप्ताभित्र नाटक बुझाउनु पर्ने सर्वनामले भनेको छ।
प्रकाशन मिति–२०७३ साल बैशाख ६ गते सोमवार ।