Himani Shah in Pokhara 2काठमाडौ। नेपालकी पूर्व युवराज्ञी हिमानी शाह पोखरामा रहेकी छन्। हिमानीले बिहीबार फेवातालको बीचमा रहेको तालवाराही मन्दिरको दर्शन गरेकी छन्।

छोराछोरीसहित पूर्व राजपरिवारको कुलदेवता मानिने गोरखाकाली मन्दिरको दर्शन गरेर पोखरा पुगेकी हिमानीले तालवाराही मन्दिरको दर्शन एक्लैले गरेकी छन्। छोराछोरी बिना एक्लै डुंगामा चडेर तालवाराही मन्दिर पुगेर हिमानीले करिव आधा घण्टा पूजा गरेकी हुन्।

यसअघि मंगलबार हिमानीले स्याङ्जा जिल्लाको कालिगण्डकी गाउँपालिका स्थित आमलदेवी मन्दिरको दर्शन गरेकी थिइन्। पोखराको तालवाराही मन्दिरलाई पनि राजपरिवारको कुलदेवता मानिन्छ।

Himani Shah in Pokhara 1प्रकाशन मिति–२०७४ साल असार १ गते विहीवार ।