पोखरा । पोखराको कास्की क्षेत्र नंबर २ को मतदानस्थल नजिकै आज बिहान बम बिस्फोट भएको छ। पोखरास्थित नयाँबजारको नवप्रभात माध्यमिक विद्यालयमा रहेको मतदानस्थलनजिकै बम विस्फोट भएको हो।

प्रहरीले जनाएअनुसार, मतदान भइरहेका बेला कसैले माथिबाट बम फालेको र बिस्फोट भएको थियो। मानिस नभएको स्थानमा बम खसेकाले अप्रिय घटना भएको छैन्। बम विस्फोट भएपछि उक्त मतदानस्थलको मतदान २० मिनेट रोकिएको थियो।

अहिले अवस्था सामान्य भएको र मतदान सञ्चालन गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलको भनाई छ।
घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशन मिति–२०७६ साल मंसीर १४ गते शनिवार ।