काठमाडौं। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले कास्कीको पोखरामा कोरोनाभाइरसको संक्रमित हालसम्म फेला नपरेको बताएका छन्। पोखरामा कोरोनाभाइरसको संक्रमित भएको भन्ने आगोसरी समाचार फैलिएपछि त्यसको खण्डन गर्दै प्रवक्ता डा.देवकोटाले सही नभएको भनेका छन्।

शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा डा.देवकोटाले पोखरामा गरिएको परिक्षण र काठमाडौंमा पनि गरिएको परिक्षण रिपोर्टमा कोही पनि पोजिटिभ नदेखिएको स्पष्ट पारेका छन्।

यस्तै कास्की जिल्लामा कोरोना भाइरस संक्रमित हालसम्म नभेटिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
प्रकाशन मिति–२०७६ साल चैत २१ गते शुक्रवार ।