Jismपोखरा । चलचित्र जिस्मको पोखरामा शुटिङ्ग भैरहेको समयमा नायिका र निर्देशकलाई पोखरा प्रहरीले शुटिङ्गस्थलवाटै पक्राउ गरेको छ। सोमवार चलचित्र जिस्मकी नायिका अर्चना पनेरु र निर्देशक राजु गिरीलाई पक्राउमा परेका हुन्।

चलचित्र जिस्मको चलचित्र विकास वोर्डवाट स्वीकृत नगरिकन हतार–हतारमा पोखरामा गएर शुटिङ्ग गरेको कारण विकास बोर्डको पत्रको आधारमा पोखरा प्रहरीलाई उनीहरुलाई पक्राउ गरेको समाचार स्रोतले बताएको छ। स्रोतका अनुसार, दिउंसो पक्राउमा परेका नायिका पनेरु र निर्देशक गिरीसंग आवश्यक सोधपुछ गरेर साँझ रिहा गरिएको छ।

archanda-paneru 2

चलचित्र खिच्ने क्यामेरालाई पोखरा प्रहरीले प्रहरी कार्यालयमा नै राखिएको छ। विना दर्ता चलचित्र खिच्न नपाउने स्पष्ट प्रावधान भएकोले उनीहरुलाई पक्राउ गरेर चलचित्र शुटिङ्ग गर्न रोक लगाइएको हो। चलचित्र विकास वोर्डले चलचित्र जिस्मको दर्ता स्वीकृतिको प्रकृयामा रहेको बोर्डले बताएको छ।

archanda-paneru 3

चलचित्र जिस्ममा अनुवन्ध नायिका अर्चना पनेरुले माफी नमागेसम्म दर्ता नगर्न नेपाली चलचित्रका निर्देशकहरुको उजुरी परेकोले जिस्मको दर्तामा रोक भैरहेको थियो। पोर्नस्टार बन्ने तर्खरमा आफू रहेको बताउने अर्चना पनेरुले नेपाली चलचित्रका केही निर्देशकहरुले आफूलाई फिल्म खेलाउने बहानामा सेक्स अफर गरेको नामै तोकेर सार्वजनिक गरेपछि ती निर्देशकहरुले उनीउपर मानहानीको विकास वोर्डमा उजुरी दिएका थिए।

 

अर्चना पनेरुले सार्वजनिक रुपमा माफी नमागेसम्म उनलाई लिएर अभिनय गराउने चलचित्रको दर्ता रोक्न बोर्डमा उजुरी परेको थियो। उजुरी फुकुवा नभएको तथा चलचित्र जिस्म दर्ता नभएको दुवै अवस्थाको कारणले चलचित्र जिस्मको शुटिङ्गमा रोक लगाएर नायिका र निर्देशकलाई पोखरामा सोधपुछको लागि पक्राउ गरिएको समाचार स्रोतको दावी रहेको छ।

प्रकाशन मिति–२०७२ साल चैत्र ८ गते सोमवार ।