काठमाडौं। पश्चिम नेपालको पोखरामा नेपालका अग्रज व्युटी एक्सपर्ट रुश्का बैद्य श्रेष्ठले दुईदिने व्युटी सेमिनार गरेर व्युटी संवन्धी ज्ञान दिएर प्रशिक्षित गर्ने कार्य भएको छ। पोखरा नगरपालिका वडा नंबर १७ घारीपाटनमा भएको भएको बृहत दुईदिने व्युटी सेमिनार स्कुल अफ व्युटीसियन आइटीसी स्किल डेभलपमेन्ट ट्रेनिङ सेन्टरकी अध्यक्ष तथा कार्यकारी प्रमुख व्युटी एक्सपर्ट श्रेष्ठवाट भएको हो।

व्युटी अर्थात सुन्दरताको गहनतालाई मध्यनजर राखेर अनुहारको व्युटी, छाला तथा कपाललाई सजाउने तौर–तरीका तथा त्यसको उपचार गर्ने सरल तरीका सहज ढंगवाट प्रशिक्षण दिने कार्य अग्रज व्युटी एक्सपर्ट श्रेष्ठवाट भएको थियो। जसवाट कास्की, स्याङजा, तनहुँ, लमजुङ, पर्वत लगायतका ३७ व्युटीसियनहरु लाभान्वित भएको पोखरामा व्यवस्थापन गर्न जिम्मेवारी पाएको शिशिर व्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टरकी शिशिर थापा गोदारले वताएकी छन्।

गोदारका अनुसार, दुईदिने सेमिनारमा मेकअप, स्कीन र हेयर सम्वन्धि सीपका बारेमा व्युटी एक्सपर्ट श्रेष्ठले विशेष प्रशिक्षण दिइएकी थिइन्। नेपालमा व्युटी स्कुलमा बेग्लै नाम र पहिचान राख्न सफल अग्रज व्युटी एक्सपर्ट रुश्का बैद्य श्रेष्ठको स्कुल अफ व्युटीसियन आइटीसी स्किल डेभलपमेन्ट ट्रेनिङ सेन्टरले पोखरामा पहिलो पल्ट सेमिनार आयोजना गरेको हो।

यसप्रकारका विशेष सेमिनारहरु देशभर गर्दैजाने योजना भएको जानकारी पनि व्युटी एक्सपर्ट श्रेष्ठले भिजन संसार डटकमलाई दिएकी छन्।

प्रकाशन मिति–२०७७ साल फागुन १० गते सोमवार ।