Paragliding in Lamjung 2काठमाडौ। पोखरामा मात्र सिमित साहसिक खेल प्याराग्लाइडिङ्ग लमजुङ्गमा पनि शुभारम्भ भएको छ। लमजुङ्ग जिल्लाको पर्यटन प्रवद्र्धनको लागि पोखरामा जस्तै प्याराग्लाइडिङ्ग शुरु भएवाट पोखरा पछि प्याराग्लाइडिङ्गको लागि लमजुङ्गमा आकर्षण बढ्ेको पर्यटन व्यवसायीहरुको भनाई रहेको छ।

Paragliding in Lamjung 1

लमजुङ्गको पर्यटकीय गाउं राइनसकोटमा प्याराग्लाइडिङ्ग खेलको शुरुवात गरिएको सर्वोद्य सेवाश्रमका अध्यक्ष कृष्णराज ओलियाले बताएका छन्। प्याराग्लाईडिङबाट जिल्लाको सुन्दर उपत्यकाका साथै उत्तरतर्फ रहेका हिमालहरुको समेत अवलोकन गर्न सकिन्छ। प्याराग्लाईडिङमा लमजुङ पोखरा जत्तिकै सफल हुन सक्ने पाइलटहरु बताउँछन् ।

प्याराग्लाईडिङ सञ्चालनमा आएमा जिल्लाको पर्यटन विकासमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्ने जिल्लाका पर्यटन ब्यवसायीहरु बताउँछन् । उनिहरुले पोखरा र पूर्वका केही जिल्लाहरुमा सफल रुपमा सञ्चालन भएको प्याराग्लाईडिङ लमजुङमा पनि शुरु गरिनु गौरवको कुरा भएको भन्दै खुसी व्यक्त गरेका छन्।

Paragliding in Lamjung 3

यसअघि पनि लमजुङ उद्योग बाणिज्य संघले जिल्लाको पर्यटनमा सहयोग पु¥याउन सदरमुकाम नजिकै रहेको पुमा भिरबाट एक सातासम्म प्याराग्लाइडिङ संचालनमा ल्याएको थियो। लमजुङ अन्नपुर्ण पदमार्गको प्रवेशद्धार भएको र यहाँ प्याराग्लाईडिङलाई नियमित गर्न सकेमा पदमार्गमा आउने विदेशी तथा स्वदेशी पर्यटकहरुलाई अझ केही दिन जिल्लामा बस्ने विकल्प थपिने लमजुङ उद्योग बाणिज्य संघका उपाध्यक्ष राजेश थापा बताउंछन्।

प्रकाशन मिति–२०७३ साल जेठ ३ गते सोमवार ।