काठमाडौं। कास्कीको पोखराबाट आज आइतबार बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ। १० बजेर २० मिनेटमा अवतरण हुनुपर्ने अल्फा इको ट्यांगो कल साइन भएको जहाज सम्पर्कविहीन भएको हो।

पोखरा विमानस्थलका प्रमुख विक्रमराज गौतमले जहाज टावरको सम्पर्क बाहिर भएको पुष्टि गरेका छन्। मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले कान्तिपुर दैनिकको अनलाइनलाई दिएको जानकारी अनुसार, एकपटक जोमसोम आकाशमा उडेको देखिएको जहाज धौलागिरि हिमालतर्फ फर्किएको र त्यसपछि सम्पर्कमा आएको छैन।

तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार उक्त विमानमा क्याप्टेन प्रभाकरप्रसाद घिमिरे, को–पाइलट उत्सव पोखरेल र एयर होस्टेज किस्मी थापा थिए। उक्त जहाजमा १३ नेपाली, ४ भारतीयसहित २ अन्य देशका नागरिक थिए । यात्रु र चालक दल सहित २२ सवार थिए।

प्रकाशन मिति–२०७९ साल जेठ १५ गते आइतवार ।