काठमाडौं। माया छ भने मुसुक्कै हाँसिलेउ भन्ने बोलको गीतको भिडियो सार्वजनिक भएको छ। निमा राय क्षेत्रीकोे स्वर, शब्द, संगीतमा ‘छ भने मायाँ मुसुक्क हाँसिलेउ…’ बोलको गीत सार्वजनिक भएको हो।

भिडियोको छायांकन पोखरा आसपास क्षेत्रका रमणीय स्थानहरुमा गरिएको छ। प्राकृतिक सुन्दर दृश्यहरु कैद गरिएको ‘छ भने मायाँ मुसुक्क हाँसिलेउ…’ दर्जन भिडियो निर्माण गरिसकेका कलाकार समेत रहेका राजकुमार महर्जनले निर्देशन गरेका हुन्।

भिडियोमा क्रान्ति बराईली, अपेक्षा दवाडी, संगीता बनमाली लगायतका कलाकारको अभिनय रहेको छ। स्वरुप थापाको छायांकन रहेको भिडियो ह्वाइट पिजर मिडिया, डब्लु.पि. इन्टरटेन्टमेन्टको निर्माण,गायकको आफ्नै युट्युव च्यानल मार्फत सार्बजनिक गरिएको छ।

प्रकाशन मिति–२०७७ साल पुस २४ गते शुक्रवार ।