काठमाडौ। कुनैबेला युरोपको राजधानी रहेको पोर्तुगलमा २५ हजारभन्दा बढी नेपालीहरुको बसोबास रहेको छ। युरोपको समृद्ध मुलुकमध्येको एक पोर्तुगलमा अन्तरराष्ट्रिय सांस्कृतिक दिवस भव्य रुपमा मनाएको छ।

नेपालीहरुको बांक्लो उपस्थितिमा यो दिवस मनाएको जानकारी पोर्तुगलवाट त्यहाँको नेपाली टेलिभिजनका संस्थापक निर्देशक गंगा बहादुर नेम्कुलले भिजन संसारलाई बताएका छन्। भिजन संसारसंगको संक्षिप्त कुराकानीमा नेपालवाट निर्माण भएको तीनभाषाको चलचित्र टेम्पो चालकका नायक समेत रहेका नेम्कुलले त्यस दिवसमा पोर्तुगलको ओदिमेरा,सान्तोनियो र जुम्बुजेरा वरपर रहेका नेपालीहरुले भाग लिएको भनेका छन्।

पोर्तुगल ओदिमेरा काउन्सिलको आयोजनामा कार्यक्रम भव्य रुपमा संपन्न भएको हो। नेपालीहरुको व्यापक सहभागिताले दिवसमा थप रौनकता बढ्ेको दावी पनि नेम्कुलको रहेको छ। दिवसमा सहभागी बनेका नेपालीहरुले नेपाली परम्परागत पहिरनमा झकीझकाउ बनेर पुगेका थिए। जुन त्यहाँका स्थानीय तथा आप्रवासी वीच आकर्षणको केन्द्र नै नेपालीहरु बनेको थियो।

Photo By-Ganga Bahadur Nemkul
प्रकाशन मिति–२०७४ साल कात्तिक १८ गते शनिवार ।