Blood Logoकाठमाडौ। नेपाल स्वयमसेवी रक्तदाता समाजको प्यूठान जिल्ला कार्यसमिति सोमवार गठन भएको छ। समाजका केन्द्रिय अध्यक्ष एवम् नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यमा जिल्ला स्तरीय भेला गरेर कार्यसमिति गठन भएको छ।

Blood Logo.1

प्यूठानमा आयोजित कार्यक्रममा उमाराम पौडैलको अध्यक्षतामा १२ सदस्यीय कार्यसमिति गठन भएको छ।

जसमा प्रल्हादभक्त श्रेष्ठ उपाध्यक्ष, सविन सुवेदी सचिव, राधा शर्मा कोषाध्यक्ष र सदस्यहरुमा राधा पुलामी, शरदराज पौडेल, मनु लामा, गजेन्द्र विक्रम जिसी, लोकनाथ बिक, चन्द्र वहादुर घर्ती र प्रकाश कर्माचार्य रहेका छन्।

सल्लाहकारहरुमा गुमाPrem Sagarनराज पुलामी, ठेक वहादुर खड्का, अर्जुनकुमार कक्षपति, सनत श्रेष्ठ, पूर्णचन्द्र सुवेदी, यज्ञवहादुर केसी र लोकमणि भण्डारी चयन भएको छ।

 

प्यूठान जिल्ला कार्यसमितिले रगत र रगको महत्व तथा रक्तदानको जनचेतना अभिबृद्धि गराउनमा मदत गर्ने कुरामा आफू अत्यन्त आशावादी भएको केन्द्रिय अध्यक्ष कर्माचार्यले कार्यक्रमलाई संवोधन गर्ने क्रममा भनेका छन्।

रगतको अभावमा कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस् भन्ने आफ्नो संस्थाको प्रमुख उदेश्य रहेको र समाज आवद्ध देशैभरका सदस्यहरु यस कार्यमा अहोरात्र खटिरहेको पनि उनले जानकारी गराएका छन्।

प्रकाशन मिति–२०७३ साल असार २० गते सोमवार ।