काठमाडौ। नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई अदालतबाटै फेरि पक्राउ गरिएको छ। सर्वोच्च अदालतले शुक्रबार आदेश दिएपछि रिहा भएका प्रकाण्डलाई काठमाडौं जिल्ला अदालत परिसरबाट प्रहरीले पक्राउ गरेको हो।

प्रकाण्डलाई काभ्रेमा रहेको एनसेल टावरमा आगजनी र तोडफोड गरेको आरोपमा फेरि पक्राउ गरिएको प्रहीले भनेको छ। केही दिनअघि मात्र करोडौको चन्दा उठाएको विषयमा प्रकाण्डलाई काठमाडौमा प्रहरीले पक्राउ गरेको थियो।

प्रहरीले आफ्ना बाबुलाई पक्राउ गरेपछि औषधिसमेत सेवन गर्न नदिएको, हत्कडी लगाएर निकृष्ट व्यवहार गरिएको र आँखामा पट्टी बाँधी शारीरिक तथा मानसिक यातना दिएको दाबी गर्दै विश्वकर्माका छोरा नरेन्द्रबहादुरले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए।
प्रकाशन मिति–२०७५ साल भदौ १ गते शुक्रबार ।