काठमाडौं। काठमाडौंवाट प्रकाशिन नेपाली राष्ट्रिय दैनिक नागरिकले प्रचण्डका घरबेटी शारदा अधिकारीलाई मेलम्ची खानेपानी आयोजनाको पाइपलाइन विस्तार र ओभरहेड ट्यांकी निर्माण गर्ने ठेक्का दिएको लेखेको छ।

फोटो साभार–नागरिक न्यूज डटकम

 

ठेक्का लिएका सडक र पुल निर्माण समयमै सम्पन्न नगरेर आलोचित बन्दा पनि राजनीतिक शक्तिको आडमा कालो सूचीमा नपरेको शारदा अधिकारीको सैलुङ कन्स्ट्रक्सनलाई ठेक्का दिएको भन्दै नागरिक दैनिकले लेखेको छ।

नागरिक दैनिकका अनुसार, ‘सैलुङले भारतीय सीआईपीईएलसँग ज्वाइन्ट दभेन्चरमा १ अर्ब ४१ करोड रुपैयाँको लागतमा एक सय पाँच किलोमिटर पाइपलाइन र ओभरहेड ट्यांकी निर्माण गर्ने ठेक्का पाएको छ। ३० महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी उसले ठेक्का पाएको हो।
प्रकाशन मिति–२०७६ साल भदौं २५ गते बुधवार ।