काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्यान्सर रोगीहरुलाई दिँइदै आएको आर्थिक सहायता बढाएर ५ लाख रूपैयाँ पुर्‍याइने बताएका छन्।

अध्यक्ष प्रचण्डले क्यान्सर रोगीहरुलाई सरकारले दिँदै आएको एक लाख सहायता कम भएको भन्दै त्यसलाई बढाएर ५ लाख पुर्‍याउन पहल गर्ने प्रतिवद्धता व्यक्त गरे। शुक्रबार भक्तपुरमा नेपाल अर्बुद रोग निवारण संस्थाको २८ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रचण्डले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन्।
प्रकाशन मिति–२०७५ साल पुस २० गते शुक्रवार ।