Karishma Manandhar ko Sundartaकाठमाडौ। नेकपा एमाओवादी त्याग गरेर नयाँ शक्ति नामक पार्टी खोलेर नयाँ शक्तिको अभियानमा लागेका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको पिछलगु बनेर नायिका करिश्मा मानन्धर, नायक सरोज खनाल र चलचित्रकर्मी अशोक शर्मा लगायतका कलाकारहरु उक्त पार्टीमा लागेको प्रचण्डलाई मन परेको छैन्। एमाओवादीका अध्यक्ष प्रचण्डले सोमवार आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा आफू नायिका करिश्मा मानन्धरको कहिले पनि फ्यान नबनेको र उनको चलचित्र जनयुद्धको भूमिगत कालमा खोजी खोजी नहेरेको स्पष्ट पारेका छन्।

Prachanda 2कुनैबेला अध्यक्ष प्रचण्ड नायिका करिश्माको फ्यान भनेर बारम्बार आएको टिप्पणीलाई धेरै समय पछि नायिका करिश्मा मानन्धर लगायत प्रचण्डको प्रतिव्दन्दी बाबुरामको नयाँ शक्तिमा लागेपछि खुलेरै होइन र नभएको कुरालाई बारम्बार उठाइरहेकोले प्रतिक्रिया दिन आफू बाँध्य भएको भनेका छन्। प्रचण्डको त्यसप्रकारको अभिव्यक्ति सार्वजनिक भएपछि करिश्माले दुःख व्यक्त गर्दै प्रचण्डले आफू र आफ्नो फिल्मलाई मन पराएको कुरालाई हाँसोमा उडाएको देख्दा आश्चर्य लागेको भनेकी छन्।

Karishma at Spa

प्रकाशन मिति–२०७२ साल फागुन १३ गते विहीवार ।