काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला ऐतिहासिक भएको बताएका छन्। सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेपछि मंगलबार साँझ चितवनमा आयोजित कार्यक्रममा प्रचण्डले आफूलाई गौरवको अनुभूति भएको र यो ऐतिहासिक फैसला रहेको बताएका हुन्।

प्रचण्डले यसअघि तोकिएका विरोध कार्यक्रमलाई देशभर विजय जुलुसका रुपमा मनाउन पार्टी पंक्तीलाई अपील गरे। प्रचण्डले संसद् पुनःस्थापना सबैको जित भएको उल्लेख गर्दै विभिन्न राजनीतिक दल, पार्टीका नेता, कार्यकर्ता, नागरिक समाज, बुद्धिजीवी लगायत आन्दोलनमा उत्रिएका सबै जनालाई बधाई र धन्यवाद दिएका छन्।

प्रचण्डले संवैधानिक इजलासका प्रधानन्यायाधीश, न्यायधीशहरुको आजको फैसला ऐतिहासिक र साहासिक भन्दै उनीहरुलाई पनि बधाइ दिए। अब राजनीतिक दलहरुबीच सहमति र समझदारी गरी अगाडि बढ्ने भन्दै दाहालले यो आफूहरुको लडाइँ कुर्सीको होइन, संविधान ट्याकमा ल्याउने भने जसरी फैसला आएको बताए। उनले नेकपा केपी ओली समूहमा लागेकाहरुलाई आफू नेतृत्वको पार्टीमा फर्कन समेत अपिल गरेका छन्।
प्रकाशन मिति–२०७७ साल फागुन ११ गते मंगलवार ।