काठमाडौं। सत्तारुढ पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिएको छ।

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको जिम्मेवारी बाँडफाँड भएको हो।

नयाँ कार्यविभाजनअनुसार अध्यक्ष ओली पूरा कार्यकाल प्रधानमन्त्री रहनेछन् भने दाहालले पार्टीको नेतृत्व गर्नेछन्। पार्टीमा दुवै अध्यक्षको वरीयता समान हुनेछ भने बैठकको अध्यक्षता संयुक्तरुपमा गर्ने निर्णय भएको छ।

कार्यविभाजनसँगै अब दाहालले पार्टीको कार्यकारी अध्यक्षको काम–कारबाही अर्थात् पार्टीका आन्तरिक बैठकको अध्यक्षता गर्नेछन्। तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता गर्दा दुई अध्यक्षबीच आलोपालो सरकारको नेतृत्व गर्ने ‘गोप्य सहमति’ भएको थियो।


प्रकाशन मिति–२०७६ साल मंसीर ४ गते बुधवार ।