काठमाडौं। भारतीय योगगुरु रामदेव र आचार्य बालकृष्ण नेपाल आएका छन्। उनीहरु विहीवार नेपाल आएका हुन्।

नेपाल आएको लगतै रामदेव र आचार्य बालकृष्ण खुमलटारस्थित प्रचण्ड निवास पुगेका छन्। प्रचण्ड निवास पुगेर दुवैले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

योगगुरु रामदेव र आचार्य बालकृष्णले खुमलटार पुगेर प्रचण्डसंग भेटवार्ता गरेका हुन्। उनीहरूले प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै स्वास्थ्यलाभको कामना गरेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले संचार माध्यमलाई जानकारी दिएका छन्।।

योगगुरु रामदेव र पतञ्जली योगपीठका प्रमुख आचार्य बालकृष्णले भोलि शुक्रवार नेपालमा दुईवटा आध्यात्मिक टिभी च्यानल उद्घाटन गर्ने कार्यक्रम रहेको जनाएको छ।

प्रकाशन मिति–२०७८ साल मंसिर २ गते विहीवार ।