काठमाडौं। नेपालका पूर्व–प्रधानमन्त्री तथा सतारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अमेरिका प्रस्थान गरेका छन्। श्रीमती सीता दाहालको स्वास्थ्योपचारका लागि आइतवार अमेरिका प्रस्थान गरेका हुन्। प्रचण्डको साथमा स्वकीय सचिव तथा छोरी गंगा दाहालसमेत अमेरिका गएकी छन्।

सीता दाहालको उपचार अमेरिकाको जोन हकिङ्स् अस्पतालमा हुने भएको छ। त्यहाँ उनको प्रोग्रेसिभ सुपर न्यूक्लियर प्लासीको उपचार हुने छ। अमेरिका प्रस्थान गर्नु अगाडि यस सम्बन्धी रोगको यो अनुसन्धान केन्द्रसमेत त्यहाँ रहेको र पत्नी सीता दाहालले पटक पटक उपचारका लागि अमेरिका जाने भने पछि गएको प्रचण्डले भनेका छन्। प्रचण्डले आफू सकेसम्म छिटो स्वदेश फर्किने बताए।

गत असोज १० गते प्रचण्डले पत्नी सीता दाहाललाई सिंगापुर लगेका थिए। रोग निदानकै लागि प्रचण्डले गत कात्तिक २६ गते पनि सीतालाई पश्चिम नेपाल स्थित म्याग्दीको तातोपानीमा नुहाउन लगेका थिए। पुत्र प्रकाश दाहालको निधन पछि विछिप्त बनेकी सीतालाई केही समय अघि सुमेरु अस्पतालमा भर्ना गरी उपचार गरिएको थियो।

प्रचण्ड यस अघि नै अमेरिका जाने तयारीमा थिए। तर, भनेजुएला काण्डपछि उनको भ्रमण स्थगित भएको थियो। तर, अमेरिकाको ग्रिन सिग्नल पाएसँगै उनी पत्नी सीताको उपचारका लागि अमेरिका लागेका हुन्।
प्रकाशन मिति–२०७५ साल चैत्र ३ गते आइतवार ।