काठमाडौं। आज जहानिया राणा शासनको अन्त गरेर प्रजातन्त्र ल्याइएको प्रजातन्त दिवस। विसं.२००७ साल फागुन ७ गते जहानिया राणा शासनको अन्त भएको थियो। यसैदिनदेखि प्रजातन्त्र दिवस मनाउन थालेको हो।

आज ६९ औं प्रजातन्त्र दिवसको अवसरमा देशवासीलाई शुभकामना दिदै नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले दशकौंदेखि विकास र समृद्धिको नेपाली चाहना अब पूरा हुने विन्दुमा आइपुगेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले मुलुक समृद्धिको दिशामा अघि बढेको भन्दै दशकौँदेखिको विकास र समृद्धिको नेपालीको चाहना अब पूरा हुने क्रममा रहेको प्रष्ट पारेका छन् । वर्तमान सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्यका साथ आर्थिक एवं सामाजिक रुपान्तरणका लागि केन्द्रित भएको प्रधानमन्त्री ओलीको शुभकामना सन्देशमा उल्लेख रहेको छ।

प्रधानमन्त्री ओलीले प्रजातन्त्र प्राप्तिको उक्त आन्दोलनमा शहादत प्राप्त गर्ने सबैमा श्रद्धाञ्जलिसमेत व्यक्त गरेका छन् ।
प्रकाशन मिति–२०७५ साल फागुन ७ गते मंगलवार ।