काठमाडौ। नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र भनेको निर्वाचनहरुको आयोजनामात्र हो भन्ने भ्रम राखिन नहुने बताएका छन्।

६८ औं प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा ज्ञानेन्द्रले शुभकामना सन्देश जारी गर्दै सीमित व्यक्तिहरुको स्वार्थ रक्षालाई नै प्रजातन्त्रको रुपमा जनताले आत्मसात् गर्नुपरेको भन्दै नेताहरुलाई सचेत गराएका छन् ।

ज्ञानेन्द्रले शुभकामना सन्देशमा राजनीतिक परिवर्तनको एक दशकमा मुलुक र जनहितको विषय अस्तव्यस्त बनेको भन्दै समीक्षा गर्ने समय आएको बताएका छन्।

ज्ञानेन्द्रले प्रजातन्त्रलाई संस्थागत गर्ने क्रममा कुनै पनि राजनीतिक सम्झौता, सहमति या समझदारीमा देशको गौरब बढाउने विषयले प्राथमिकता किन पाएन भन्दै प्रश्नसमेत गरेका छन् ।

प्रकाशन मिति–२०७४ साल फागुन ६ गते आइतवार ।