काठमाडौं। सहकारीको माध्यमवाट हरेक समस्यालाई समाधान गर्न सकिन्छ भन्ने भावना तथा उत्प्रेरणा दिने कार्य भएको छ। काठमाडौंको शंखरापुर नगरपालिका वडान नंबर ६ साँखु मुख्यालय रहेको प्रज्ञापारमिता बचत तथा ऋण सहकारी संस्था लिमिटेडले विगत १२ बर्षयता गर्दैआएको कार्यवाट प्रमाणित भएको हो।

प्रज्ञापारमिता सहकारीले बचत तथा ऋणको मात्र कारोवार नगरिकन सदस्यहरुको हर खुशी तथा दुःखमा पनि साथ दिदैआएको खुलासा गर्दै संस्थाका संचालक समितिका सहकारी प्रणेता बालकृष्ण श्रेष्ठले संस्थाको प्रगति प्रतिवेदन पेश गर्ने क्रममा खुलासा गरेका छन्। संस्थाको बाह्रौ बार्षिक साधारण सभामा प्रगति प्रतिवेदन पेश गर्दै संचालक श्रेष्ठले संस्थाले बचत तथा ऋणको मात्र कारोवार नगरिकन संस्थाका सदस्यहरुको हरेक दुःख–सुखमा साथ दिदैआएको बताएका छन्।

संस्थाका सदस्य मध्ये कसैलाई किड्नी तथा मुटुरोगको अप्रेसन देखि महिला दिदीबहिनीहरुको पाठेघरको अप्रेसन हुदासमेत नगद सहयोग प्रदान गर्ने कार्य गर्दैआएको र दूर्घटनाको कारण अप्रेशन गर्नुपरेमा तथा कालगतिले कसैको मृत्युभएमा पनि नगद सहयोग दिएर दुःखको साथी बन्दैआएको पनि संचालक श्रेष्ठले स्पष्ट पारेका छन्।

संस्थाका अध्यक्ष रञ्जन श्रेष्ठको सभापतित्वमा भएको बाह्रौ बार्षिक साधारण सभामा शंखरापुर नगरपालिकाका मेयर रमेश नापितको विशेष आतिथ्यता तथा उपमेयर समिता श्रेष्ठको आतिथ्यतामा भएको कार्यक्रममा कोषाध्यक्ष राम श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गरेका थिए।

कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका वडा नंबर २ आलापोट स्थित सहयोगी सहकारीका अध्यक्ष रामेश्वर श्रेष्ठ, आलापोट खानेपानी उपभोक्ता समितिका अध्यक्ष शिवराम बस्नेत लगायतका गन्यमान्य व्यक्ति विशेषहरुले संस्थाले गर्दैआएको कार्यको दिल खोलेर तारिफ गरेका थिए।
प्रकाशन मिति–२०७९ साल भाद्र २५ गते शनिवार ।