Great Social Worker Sarala Thapa's good job in Pranavananda Ashram School.
Great Social Worker Sarala Thapa’s good job in Pranavananda Ashram School.

काठमाडौ। भजन गाउने ओठहरु भन्दा कर्म गर्ने कर्मशील हातहरुमा नै भगवान लुकेको हुन्छ। यिनै कर्मशील हातहरुमा भगवानको बास हुने गर्दछ। यो कुरालाई नेपालको सामाजिक सेवामा अग्रता कायम गर्दैआएकी ८२ बर्षिया अग्रणी व्यक्तित्व सरला थापाको कर्मले पुष्टि भएको छ।

pranavananda-ashram-7उमेरको अत्यन्त उकालोमा पनि कोही भोका तथा नांगा हुनु हुंदैन र उनीहरुको उचित पालन–पोषणको लागि कर्म गर्नु पर्दछ भनेर कर्म गर्दैआएकी समाज–सेवी थापाले विहीवार काठमाडौको गृहेश्वरी कुमारीगाल स्थित प्रणवानन्द आश्रम तथा विद्या मन्दिरमा आश्रित तथा अध्ययनरत असहाय तथा अनाथ विद्यार्थीहरुलाई भोजन गराउने कार्य गरेकी छन्।

pranavananda-ashram-6

स्वर्गवासी आमाको पैतिसौ पूण्यतिथि पारेर प्रणवानन्द आश्रममा भोजन गराएको थापाले बताएकी छन्। निःशुल्क भोजनको लागि आश्रमको नाममा थापाले ३ लाखको अक्षयकोषको पनि स्थापना गरिदिएको जानकारी प्रणवानन्द आश्रम तथा विद्या मन्दिरका प्राचार्य प्रिन्सिपल राजाराम यादवले दिएका छन्।

Mr. Raja Ram Yadav- Principal of Pranavananda Ashram School
Mr. Raja Ram Yadav- Principal of Pranavananda Ashram School

कक्षा नर्सरी देखि कक्षा ७ सम्म संचालनमा रहेको प्रणवानन्द आश्रम विद्या मन्दिर स्कुलमा २ सय विद्यार्थीहरुले अध्ययन गरिरहेका छन्। ती विद्यार्थीहरु मध्यै अत्यन्त गरीब, असहाय तथा अनाथ ५१ जना विद्यार्थीहरुलाई आश्रममा नै खानपिन तथा आवासको निःशुल्क व्यवस्था गरिएको छ। ती ५१ जनामा थप ९ जना गरीब विद्यार्थी सहित दैनिक ६० जना विद्यार्थीहरुलाई निःशुल्क भोजन गराउने व्यवस्था आश्रमले मिलाएको प्रिन्सिपल यादवले बताएका छन्।

pranavananda-ashram-5

सवैलाई निःशुल्क शिक्षा दिदैआएको आश्रमको स्कुलमा अध्ययनरत १ सय विद्यार्थीहरुलाई निःशुल्क किताव–कलम लगायतका शैक्षिक सामाग्री उपलव्ध गराउने कार्य पनि हुंदैआएको प्रिन्सिपल यादव भन्छन्। यी कार्यहरुमा सरला थापा जस्ता ठूला मन भएका दाताहरुको सहयोगवाट आश्रम चल्दैआएको पनि उनले भनेका छन्। वि.सं.२०५३ सालमा स्वामी रुद्रानन्दजी महाराजको अगुवाईमा गुहेश्वरी मन्दिरवाट १ सय मिटर पूर्वोत्तर कुमारीगालमा प्रणवानन्द आश्रम स्थापना भएको हो।

pranavananda-ashram-1

स्थापना कालदेखि भिक्षाटनवाट चलेको आश्रममा वि.सं.२०५७ सालवाट निःशुल्क स्कुलको अवधारणा अनुरुप नेपाल सरकारसँग स्वीकृति लिएर प्रणवानन्द आश्रम विद्या मन्दिर संचालनमा आएको हो। जहाँ नेपालका विभिन्न स्थानका असहाय तथा गरीव जेहेन्दार विद्यार्थीहरुले अध्ययन गर्दैआएका छन्। स्कुलमा १२ जना शिक्षकसहित १५ जना कर्मचारी कार्यरत रहेका छन्।

pranavananda-ashram-2

शिक्षक–कर्मचारीहरुको तलब तथा स्कुलको विभिन्न खर्च सहित मासिक ५ लाख खर्च आश्रम स्कुलको रहेको छ। जसमा नेपाल सरकारको कुनै सहयोग तथा चन्दा रहेको छैन्। सवै शुभेच्छुक सहयोगीहरुको सहयोग तथा संस्थापक स्वामी रुद्रानन्दजी महाराजले भिक्षाटन गरेर ल्याएका सहयोगवाट खर्च व्यवस्थापन गर्ने कार्य हुंदैआएको पनि प्रिन्सिपल यादवको भनाई रहेको छ।

त्यसमाथि, शुभेच्छुकहरुले जन्मदिन, विवाह, ब्रतबन्ध, कर्मदोष निवारण तथा अन्य कुनै पनि अवसरमा प्रदान गरिने सहयोगवाट आश्रम चलिरहेको छ। आश्रमले निकट भविष्यमा पुस्तकालय योजना, कम्प्युटर प्रयोगशाला र छात्रावास निर्माण योजना पनि अघि सारेको छ। यस योजना पनि चाँडै पूरा हुने अपेक्षा गरिएको छ।

pranavananda-ashram-3

Photo By- Sunita Kayastha

प्रकाशन मिति–२०७३ साल मंसीर २ गते विहीवार ।