काठमाडौं। नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा प्रतिनिधिसभाका सांसद जीवनराम श्रेष्ठ निर्वाचित भएका छन् ।

शनिबार ललितपुरको सातदोबाटोमा भएको निर्वाचनमा जीवनरामले र पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठलाई ७ मतको अन्तरले पराजित गर्दै पुनः नेतृत्वको जिम्मेवारी पाएका हुन्।

जीवनरामले १७ मत ल्याए भने उमेशलालले १० मत मात्रै ल्याए। दुईपल्ट राखेप सदस्यसचिव नियुक्त भइसकेका जीवनराम काठमाडौं क्षेत्र नम्बर ८ बाट निर्वाचित नेकपाका सांसद हुन्।
प्रकाशन मिति–२०७६ साल भदौं २८ गते शनिवार ।