काठमाडौं। लोक दोहरी गीत गायनकी प्रतिष्ठित गायिका मीरा गिरीको गायन रहेको विलकुलै नयाँ लोकदोहरी गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। अमिलो अम्चुर भाकाको पृथक आधुनिक शैलीको गीतको भिडियो सार्वजनिक भएको हो।

भिडियोको सार्वजनिकरण राष्ट्रिय लोकदोहरी प्रतिष्ठान नेपालका नवनिर्वाचित अध्यक्ष रमेश बिजीवाट शुक्रवार काठमाडौंको जमलस्थित मायालु कम्पलेक्समा आयोजित समारोहमा भएको थियो। विश्वविख्यात नेपाली फोटोग्राफर च्याङ्बा लामा लगायतकाको विशेषत आतिथ्यता रहेको थियो।

अमिलो अम्चुर भाकाको गीतमा गायिका मीरा गीतलाई युगल गायनमा नेत्र भण्डारीले साथ दिएका छन्। समूह गायनमा धु्रवराज धिताल, प्रेमा रानामगर र रुपी सिंजाली मगरेले साथ दिएका छन्। मारुनी रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको यस गीतमा ध्रुवराज धितालकै संगीत रहेको छ। कृष्ण बिकले म्युजिक एरेञ्ज गरेका हुन्। भिडियोमा भिडियोकै निर्देशक सुनिल क्षेत्री र नायिका ऋचा थापाको जोडदार अभिनय रहेको छ।

प्रकाशन मिति–२०७६ साल मंसीर १३ गते शुक्रवार ।