काठमाडौं। विगत १९ बर्षदेखि अमेरिकाको न्यूयोर्कमा बसोबास गर्दैआएका प्रतिष्ठित सामाजिक अभियन्ता जनक भण्डारी विश्वभरका नेपालीलाई जोड्ने महान अभियानमा रहेको हामी नेपाली ग्लोबलको केन्द्रिय कोषाध्यक्षमा चयन भएको छ।

नोभेम्बर २३ र २४ का दिन अमेरिकाको न्यूयोर्कमा आयोजित हामी नेपाली ग्लोबलको प्रथम अन्तरराष्ट्रिय सम्मेलनमा हामी नेपाली ग्लोबलको केन्द्रिय कोषाध्यक्षमा भण्डारी चयन भएको हो।

नेपालको ३ नंबर प्रदेश स्थित काभ्रे जिल्लाको पनौति थाकथलो रहेका नव–नियुक्त कोषाध्यक्ष भण्डारी न्यूयोर्कको रिज्वूड नेपाली समाजका संस्थापक कोषाध्यक्ष, न्यूयोर्क सिटी डिपार्टमेन्ट अफ युथ नेबर्हूड अड्भैजरी सि बि बोड ५ का उपाध्यक्ष, रोटरी क्लव अफ कुइन्स न्यूयोर्कका चार्टर्ड कोषाध्यक्ष, निर्वतमान सचिव तथा बर्तमा प्रेसिडेन्ट हुन्।


प्रकाशन मिति–२०७६ साल मंसीर ९ गते सोमवार ।