https://www.youtube.com/watch?v=fZfifdOuIcU&t=133s

–सुन कुमार अवाल
काठमाडौं। तीन बर्ष लामो समयको अथक प्रयास पश्चात प्रतिष्ठित सौन्दर्यविद लक्ष्मी महतको व्युटी संवन्धी किताव सार्वजनिक भएको छ। आइतवार आयोजित कार्यक्रममा सार्वजनिक रुपमा विमोचन भएपछि सौन्दर्यविद महतको व्युटी कितावको विमोचन भएको हो ।

लायन्स क्लबका पूर्व गभर्नर मधुकुमार उपाध्यायको प्रमुख आतिथ्यतामा भएको सार्वजनिक समारोहमा विमोचित किताव हेल्थ एण्ड व्युटी तीन बर्ष लामो आफ्नो मेहनतको परिणाम भएको सौन्दर्यविद महतले खुलासा गरेकी छन्।

सीटीभीटीवाट व्युटीसियन कोर्शको परीक्षा दिनेहरुको लागि अति उपयोगी मानिएको किताव हेल्थ एण्ड व्युटी व्युटीसियनहरुको लागि मात्र नभइकन सर्वसाधारण सवैको लागि बहुउपयोगी किताव भएको सहभागीको भनाई रहेको छ।

https://www.youtube.com/watch?v=fZfifdOuIcU&t=133s

प्रकाशन मिति–२०७८ साल पुस १८ गते आइतवार ।