Nepalese People 1काठमाडौ। प्रत्येक नेपालीको थाप्लोमा करिब १९ हजार बढी ऋण रहेको प्रतिवेदन महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको छ। महालेखा परीक्षकको कार्यालयले सोमबार राष्ट्रपतिसमक्ष पेस गरेको आर्थिक वर्ष ०७१–७२ को आर्थिक कारोबारको लेखापरीक्षण प्रतिवेदनमा प्रत्येक नेपालीको थाप्लोमा १९ हजार दुई सय ३४ ऋण रहेको उल्लेख गरिएको छ।

महालेखाको प्रतिवेदनअनुसार २०७२ असारमा केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको नेपालको कुल जनसङ्ख्या दुई करोड ८३ लाख ३१ हजारलाई आधार मान्दा प्रतिव्यक्ति कुल ऋण दायित्व १९ हजार २३४ रहेको उल्लेख छ। परीक्षकको कार्यालयले सरकारी कार्यालय, नेपाल सरकारको पूर्ण स्वामित्वका सङ्गठित संस्था, बोर्ड, परिषद्, समिति तथा जिल्ला विकास समितिले सार्वजनिक वित्तीय व्यवहारमा जिम्मेवारी र जवाफदेहीपन नदेखिएको औँल्याएको छ।

Bidhya Bhandari sign

राष्ट्रपतिसमक्ष पेस गरेको आर्थिक वर्ष ०७१–७२ को आर्थिक कारोबारको लेखापरीक्षण प्रतिवेदनमा तीन खर्ब २८ अर्ब ५२ करोड कारबाही गरी टुङ्गो लगाउनुपर्ने देखाइएको छ । गत वर्षको तुलनामा टुङ्गो लगाउनुपर्ने उक्त रकममा २०.२८ प्रतिशतले बढेको गम्भीर चित्र प्रतिवेदनमा प्रस्तुत छ । सरकारी कार्यालयतर्फ ४८ अर्ब ७७ करोड ८८ लाख र सङ्गठित संस्था एवम् समितितर्फ सात अर्ब ८७ करोड ४२ लाख गरी ५६ अर्ब ६५ करोड ३० लाख बेरुजु फरछ्यौट गर्न बाँकी छ।
प्रकाशन मिति–२०७२ साल चैत्र २९ गते सोमवार ।