काठमाडौं। प्रत्येक स्वस्थ युवायुवतीहरूले आफ्नो १८औं वर्षको जन्मोत्सवसंगै रक्तदानको शुभारम्भ गरौं भन्ने अवधारणा नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यले ल्याएका हुन्।

यो अवधारणा विशेष गरेर उच्च–मा.वि. अध्ययन गर्दै गरेका वा सो सरह उमेरका स्वस्थ युवायुवतीहरूलाई रक्तदानप्रति उत्प्रेरणा जगाई आफ्नो १८ औं वर्षको जन्मोत्सबमा रक्तदान गरि मनाउन प्रोत्साहित गर्नु यो अवधारणाको प्रमुख उद्देश्य भएको रेकर्डेट रक्तदाता कमाचार्यले भिजन संसार डटकमलाई भनेका छन्।

यिनै रक्तदाता कर्माचार्यको लक्ष्य तथा उदेश्यलाई साकार रुप प्रदान गर्ने कार्य आज सोमवार ब्लड बैंकमा भएको छ। काठमाडौं महानगरपालिका वडा नंबर २८ स्थित इच्छुमतीटोल,बागबजार,३ नंबर प्रदेश निवासी यचु राजबाहकले आफ्नो १८औं जन्म दिन केन्द्रीय रक्त सञ्चार सेवा, ब्लड बैंक बालकुमारीमा नेपाल स्वयंसेवी रक्तदाता समाज ललितपुर जिल्ला शाखाको बिशेष आयोजनामा रक्तदान गराउने कार्यक्रम सम्पन्न भएको हो।

सो बिशेष रक्तदान कार्यक्रममा Start 18 Stars Team का राष्ट्रिय संयोजक स्वयंसेवी रक्तदाता परभस जःआचाजुद्वारा Start 18 Stars Team को लोगो अंकित ब्याज प्रदान धन्यवाद ब्यक्त गरेका थिए। केन्द्रीय रक्त सञ्चार ब्लड बैंककी निर्देशक डा.मनिता राजकणिर्कारले शुभकामना पत्र प्रदान गरेकी थिइन्।


प्रकाशन मिति–२०७५ साल कात्तिक २६ गते सोमवार ।