Bhuwan Chandaकाठमाडौ । आमा नायिका रुपमा नाम कमाएकी नेपाली चलचित्रका प्रथम नायिका भुवन चन्द उमेरको हकमा ७० को हाराहारीमा पुग्न लागिसकेकी छन्। यद्यपि,प्रथम नेपाली चलचित्र आमाकी प्रथम नायिका चन्दलाई अझैपनि अभिनयको मोहले छाड्ेको छैन्। वि.सं.२०२१ सालदेखि नेपाली चलचित्रमा निरन्तर अभिनय गर्दैआएकी नायिका चन्दले अभिनय गरेको पछिल्लो चलचित्र बीपी कोइरालाको अमरकृति तीनघुम्तीमा आधारित चलचित्र तीनघुम्ती हो। जसको प्रदर्शन नेपाल र बेलायतमा एकसाथ भैसकेको छ।

Bhuwan Chanda.1हाल  जाडोको कारण निक्कै फुर्सदिली देखिएकी नायिका चन्दले प्रथम नेपाली चलचित्र आमा पछि हिजो आज भोलिमा पनि नायिका भएरै अभिनय गरेको बताएकी छन्। नायिकाको खासै उमेर नहुने बताउने चन्द आफू नायिका १५ कटेर भर्खर १६ बर्षको उमेर टेकेकै बेलामा चलचित्र आमाको नायिका भएको भन्छिन्। आमा र हिजो आज भोलिमा नायिका भएर अभिनय गरिसकेपछि अन्य चलचित्रमा उनले नायिका भएर अभिनय गरेकी छैनन्। त्यसपछि प्राय चलचित्रमा चरित्र अभिनेत्री बनेर कार्य गर्दैआएकी छन्।

Bhuwan Chanda.2दश बर्षको उमेरमा अन्धबेग नामक नाटकमा बालकलाकारको भूमिका गरेर अभिनय यात्रा शुरु गरेको त्यो ६० बर्ष पुरानो यादलाई संझ्दा पनि उनी हौसिने गरेकी छन्। चलचित्र आमाका लागि अन्तरवार्ताका लागि बोलाइएको बेलामा उनका समकक्षी सहयात्री साथीहरु बसुन्धरा भूषाल, चैत्यदेवी सिंह पनि थिए। प्रथम नेपाली चलचित्र आमामा बसुन्धरा र चैत्यदेवी चरित्र अभिनेत्रीमा छानिए भने, उनी नायिकामा छानिएको त्यो पल एवम् क्षणलाई अभिनय करियरकै अमिट पल भएको टिप्पणी गर्ने कार्य उनीवाट भएको छ।

Bhuwan Chanda.3चलचित्र आमामा छानिदा उनी राष्ट्रिय नाचघरको जागिरे कलाकार बनिसकेकी थिइन्। नाचघरको जागिरे उमेर पूरा गरेर अवकाशको जिन्दगी विताइरहेकी उनी रेडियो नेपालका त्यो बेलाका प्रखर अंग्रेजी समाचारबाचक हरिश चन्द माइकलकी पत्नी हुन्। तीन छोरीकी आमा चन्दको हरिश चन्दसंग वि.सं.२०३३ सालमा विवाह भएको थियो। तीन छोरीहरुले उनले जस्तो अभिनयमा करियर बनाएनन्। केही समय उनका छोरीहरुले संचार क्षेत्रमा करियर बनाएपनि हाल उनीहरु सवै अमेरिकामा रहेको भनेकी छन्। बाँचुन्जेल अभिनय गर्ने प्रतिवद्धता जनाउने उनमा अझै अभिनयको पर्याप्त जोश रहेको छ। अभिनयको मोहले अझैपनि तकडै छु भनेर उनले भनेकी छन्।

प्रकाशन मिति–२०७२ साल माघ १९ गते मंगलवार ।