काठमाडौं। लोकदोहरी गायनको पहिलो महिला उद्यमी तथा व्यवसायी सरु थापाले अव कफीको व्यवसाय पनि शुरु गर्ने भएकी छन्। सवैखाले कफीको ज्ञाता समेत रहेकी लोकदोहरी गायनको प्रथम महिला उद्यमी गायिका सरु थापाले केही महिना पश्चात कफीको व्यवसाय पनि शुरु गर्ने भएकी हुन्।

भिजन संसार डटकमसंगको कुराकानीमा गायिका थापाले ६ बर्षअघि नै सवैखाले कफी तथा कफी सप उद्यमको उद्यमशीलता तालिम बेल्जियममा लिएको बताएकी छन्। अर्गानिक कफी खेती देखि कफी बनाउने विभिन्न तौर-तरीका तथा तिनको मार्केटिङ संवन्धी सवैखाले तालिम बेल्जियममा लिएको बताउने गायिका थापाले जुनकिरी लोकदोहरी सांझ काठमाडौंको दरवारमार्गमा शुभारम्भ गरेको १८ बर्ष पुगिसकेको छ।

गायिका थापाले यसै अवसर पारेर अर्गानिक कफी तथा कफी सपको नयाँ व्यवसाय काठमाडौंको दरवारमार्गवाटै शुरु गर्ने भएकी छन्। यो बर्षभित्र नै अर्गानिक कफी तथा कफी सप संचालन गर्ने तयारीमा हाल आफू रहेको पनि गायिका थापाले भनेकी छन्।


प्रकाशन मिति–२०७५ साल माघ २५ गते शुक्रवार ।