Sushila Karkiकाठमाडौ। आफूलाई भगवान र श्रीमानसंग मात्र डर लाग्ने भन्दै भ्रष्टाचार गरेको भए आफ्नो संवन्ध विच्छेद भैसक्ने तर्क गर्ने कामु प्रधानन्यायाधिश सुशीला कार्कीको नाम प्रधानन्यायाधिशमा अनुमोदित भएको छ।

आइतवार संसदीय सुनुवाई समितिले प्रधानन्यायाधिशमा नियुक्तिका लागि कार्कीको नाम अनुमोदन गरेको हो। कार्कीको नाम अनुमोदन गर्नुअघि संसदीय सुनुवाई समितिले कार्की विरुद्ध परेका ६ वटा उजुरी दिने उजुरीकर्तासँग छलफल गरेको थियो।

कार्की माथि लागेका आरोपहरु माथि छलफल गरेपछि सदस्यहरुले कार्कीको अनुमोदन गरेका हुन्। अव नेपालको पहिलो महिला प्रधानन्यायाधिशमा कार्की बन्ने पक्का–पक्की भएको छ।
प्रकाशन मिति–२०७३ साल असार २६ गते आइतवार ।