Bimlendra Nidhiकाठमाडौ। नेपालका उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिले आइतबार पदबाट राजीनामा दिएका छन्।

प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको ‘महाअभियोग प्रस्तावप्रति असहमति’ जनाउँदै उपप्रधानमन्त्री निधिले राजीनामा दिएका हुन् ।

निधिले आफूसम्बद्ध मन्त्रालयको विषयलाई कारण बनाउँदै प्रधानन्यायाधीश कार्कीविरुद्ध महाअभियोग प्रस्ताव ल्याइएको र सो सम्बन्धमा आफूसँग नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले परामर्शसमेत नगरेको पनि दुःखेसो गरेका छन्।

निधिले आफू प्रहरी महानिरीक्षक नियुक्तिको प्रक्रियादेखि नै असहमत रहेको पनि बताए।

प्रकाशन मिति–२०७४ साल बैशाख १७ गते आइतवार ।