काठमाडौं। प्रधानमन्त्रीको गाउं भनेर चिनिएको बालुवाटारको सडकमा विगत पाँच दिन देखि ट्राफिकको भूमिकामा जनप्रतिनिधि देखिएका छन्। काठमाडौं महानगरपालिका वडा नंबर ४ का नेपाली कांग्रेस सभापति रामप्रसाद न्यौपाने पाँच दिन देखि लगातार ट्राफिकको भूमिकामा देखिएका हुन।

प्रधानमन्त्रीको गाउं बालुवाटारको व्यस्त सडकमा विहान ८ बजेदेखि ११ बजेसम्म र अपरान्ह ३ बजेदेखि ६ बजेसम्म व्यस्त सडकमा सवारीलाई सहज रुपमा पठाउने तथा बटुवाहरुलाई सडक पार गर्ने समयमा रोक्ने लगायतका कार्यमा वडा सभापति न्यौपानेको दैनिकी जस्तो देखिएको छ। ट्राफिक जनचेतना अभिबृद्धि गर्ने र गराउने कार्यमा दश दिने अभियान अन्तर्गत आफू र आफ्नो टुंडालदेवी सामुदायिक सेवा केन्द्रको टीम लागिरहेको जानकारी वडा सभापति न्यौपानेले भिजन संसार डटकमलाई बताएका छन्।

महानगरीय ट्राफिक प्रहरी कार्यालयले आफू लगायत आफ्ना अठार जनाको टीमलाई दिएको ट्राफिक जनचेतना अभियान तालिमलाई सदूपयोग गर्न बालुवाटार सडक लगायत सुकेधारा, चप्पलकारखाना लगायतका सडकमा आफूहरु रहेको जानकारी पनि वडा सभापति न्यौपानेले दिएका छन्।

विगतका वर्षहरुमा आफूहरु ट्राफिक जनचेतना अभिबृद्धि गराउने कार्यमा यसरी नै लाग्दैआएको वताउने वडा सभापति न्यौपाने ट्राफिक सचेतनाको अभावका कारण सडक दूर्घटनामा बृद्धि भैरहेको यथार्थतामा आफूहरुले सानो भएपनि विहान ३ घण्टा र बेलुका ३ घण्टा बसेर योगदान दिने कार्य गरेको वताएका छन्।

गत स्थानीय निर्वाचनमा वडा सदस्य पदमा चुनाव लडेका वडा सभापति न्यौपाने अव आगामी स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिका वडा नंबर ४ को वडा अध्यक्ष पदमा चुनाव लड्ने र जित्ने विश्वासका साथ सामाजिक क्रियाकलापमा वडा सभापति न्यौपानेको व्यापक सक्रियता रहेको छ।

आफू जनताको सेवाका लागि चौविसै घण्टा खट्ने पहरेदारको रुपमा लाग्ने र लाग्दैआएको पनि न्यौपानेले भनेका छन्। सडकमा ट्राफिक जनचेतना कार्यक्रमलाई फागुन १२ गते बुधवारसम्म निरन्तरता दिने कार्यमा वडा सभापति न्यौपानेको टीम क्रियाशील रहने भएको छ।

प्रकाशन मिति–२०७७ साल फागुन ७ गते शुक्रवार ।