Page 1-KP Sharma Oliकाठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली अव गीतकार पनि बनेका छन्। गीत लेख्ने ओलीको पेशा नभएतापनि राष्ट्रिय सेवा दलको कार्यक्रममा बजेको एक गीत मन नपरेपछि ओलीले तत्काल गीत लेखेर अव आइन्दा त्यसप्रकारका राष्ट्रिय भावनाले ओतप्रोत गीत बजाउन भनेका छन्।

जंगी अड्डा भद्रकालीमा आयोजित सेवा दल सिनियर डिभिजन ११ औं ब्याचको अन्तिम दीक्षान्त कवाज अवलोकनपछि प्रधानमन्त्री ओलीले एरोबिक्समा बजाइएको अंग्रेजी गीत राम्रो नभएको भन्दै त्यसको विकल्पमा प्रयोग गर्न गीत लेखेर दिएका हुन्।

सबै प्रस्तुति हेरिसकेपछि राष्ट्रिय सेवा दलका प्रमुख संरक्षकका हैसियतमा बोल्दै ओलीले एरोविक्स देखाउंदा बजाएको अंग्रेजी गती आफूले नवुझेको भन्दै आफूले लेखेको जस्तो गीत प्रस्तुत गर्न भनेका हुन्। त्यसपछि ओलीले लेखेको गीत निकाल्दै गीत वाचन गरेका थिए । ओलीले त्यहाँ बाचन गरेको गीत यस्तो रहेको छ–
म मेरो देश बनाउँछु
उन्नत, अझ सुन्दर,
म मेरो देश बनाउँछु
हिमाल, पहाड तराई,
पूर्व–पश्चिम, मेची–महाकाली
मेरा सबै दिदी–बहिनी, मेरा सबै दाजु–भाई
म माया गर्छु सबैलाई,
माया गर्छु मेरो देशलाई
म मेरो देश बनाउँछु

प्रकाशन मिति–२०७२ साल चैत्र ४ गते विहीवार ।