Ambar-Gurungकाठमाडौ। सिकिस्त अवस्थामा ग्राण्डी अन्तरराष्ट्रिय अस्पतालमा उपचारत नेपालको राष्ट्रिय गानका संगीतकार तथा बरिष्ठ गायक एवम् संगीतकार अम्बर गुरुङ्गको स्वास्थ्यस्थिति बुझ्न नेताहरुको लर्को लाग्न थालेको छ। आज आइतवार नेपाल सरकारका प्रवक्ता एवम् सूचना तथा संचार मन्त्री शेरधन राई गएर राष्ट्रगान पदकवाट संगीतकार गुरुङ्गलाई विभूषित गर्न प्रधानमन्त्रीसंग सल्लाह गर्ने भनेको केही घण्टापश्चात प्रधानमन्त्री केपी शर्मा ओली पनि अस्पताल पुगेका छन्।

KP Oli In Grandi Hospital for wish Amber Gurungनेपाल नाट्य तथा संगीत प्रज्ञाप्रतिष्ठानका प्रथम कुलपति समेत रहिसकेका संगीतकार गुरुङ्ग अवस्था बुझ्ने कार्य प्रधानमन्त्री ओलीवाट भएको छ। ओलीले गुरुङ्गका जेठा छोरा किशोर गुरुङ्ग तथा पत्नी विना गुरुङ्गसंग संगीतकार गुरुङ्गको पछिल्लो स्वास्थ्यस्थितिका बारेमा सोधपुछ गरेका थिए। सरकारवाट संगीतकार गुरुङ्गको उपचारमा सहयोग गर्ने बचन पनि दिएका थिए।

खानेकुरा खानेवितिकै बान्ता भैहाल्ने समस्या भएपछि गुरुङ्गलाई गत सोमवार अस्पताल भर्ना गरिएको थियो। गुरुङ्गको ग्राण्डीको आइसियुमा उपचार भैरहेको छ। पहिलाको तुलनामा केही सुधार देखिएको अस्पतालले जनाएको छ।
प्रकाशन मिति–२०७३ साल जेठ २३ गते आइतवार ।