काठमाडौ। नेपालका प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरवारवाट मंगलवार विदावारी भएका छन्। विदावारी हुनेक्रममा एक–दुई दिनमा आफ्नो सीटमा नयाँ प्रधानमन्त्री आउने भएकोले आफूलाई जस्तै नयाँ आउने प्रधानमन्त्रीलाई पनि त्यतिकै सहयोग गर्नु भनेर भनिरहंदा कतिपय सरकारी कर्मचारीहरुको आँखा रसाएका थिए।

KP Oli with Rajesh Bajracharya in Singdarbarसवैको प्रयासले आफ्नो नौ महिने सरकार नेतृत्व काल अत्यन्त सफल भएको टिप्पणी गर्दै यसमा आफ्नो एक्लैको प्रयासले संभव नभएको र सवैको सहयोग तथा साथले भएको भनेर त्यहाँ रहेका कर्मचारीहरुको उच्च–मूल्यांकन गर्ने कार्य पनि ओलीवाट भएको थियो।

ओली विदावारी हुनेबेला प्रधानमन्त्री कार्यालयका सवै कर्मचारीहरुले ओलीसंग फोटो खिचाएका थिए। त्यसपछि, ओलीका पारिवारिक स्वकीय सचिव राजेश बज्राचार्यको साथमा प्रधानमन्त्रीको कार्यालय परिसरवाट विदावारी भएका थिए।
प्रकाशन मिति–२०७३ साल साउन १८ गते मंगलवार ।