KP Oli with Antoniकाठमाडौ। प्रधानमन्त्री केपी ओलीलाई शनिबार बिहान फोन गर्दै अमेरिकी उपराज्यमन्त्री एन्टोनी जे ब्लिंकेनले नेपालमा जारी राजनीतिक संकट बारे चासो व्यक्त गरेका छन्।

अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तीअनुसार उपराज्यमन्त्री ब्लिंकेनले प्रधानमन्त्री ओलीलाई सबै नेपालीको भावनालाई प्रतिनिधित्व गर्ने गरी समस्या समाधान गर्ने दिशा तर्फ ठोस कदम चाल्न अनुरोध गरेका छन्। ब्लिंकेनले सबै पक्ष मिलेर सम्झौताको माध्यमबाट राजनीतिक समस्या सुल्झाउन र एकपक्षीय कदम नचाल्न समेत सुझाव दिएको विज्ञप्ती उल्लेख गरिएको छ।

उपराज्यमन्त्री ब्लिंकेनले जारी आन्दोलनलाई नियन्त्रण गर्ने नाममा अत्याधिक बल प्रयोग नगर्न समेत आग्रह गरेका छन्। ब्लिंकेनले अमेरिका नेपालसँग सहकार्य गरी भूकम्पपछिको पुनर्निर्माणमा सहयोग गर्न तयार रहेको समेत बताएका छन्।

प्रकाशन मिति–२०७२ साल माघ ९ गते शनिवार ।